coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीपहिरो अपडेटः मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

फाइल तस्बिर

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए। सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, जानकारी दिए। उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए। अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ।

प्राप्त विवरणमा बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूर पश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

प्रकाशित: ३ कार्तिक २०७८ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App