७ वैशाख २०८१ शुक्रबार
समाज

फेरि बदली र वर्षा

हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ। बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ। काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित: ५ कार्तिक २०७८ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App