२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेमौसमको वर्षा: अहिलेसम्म ८८ जनाको मृत्यु, ३० बेपत्ता

वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।  

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिराका कारण ज्यान गएको हो। आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ। यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो। विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो। विपद्बाट २० जिल्ला प्रभावित भएको छ। 

बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन्।  पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ। आजबाट भने मौसममा सुधार आएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०७८ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App