७ वैशाख २०८१ शुक्रबार
अर्थ

अर्थमन्त्रीसँग छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ।भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ।

साथै पुनःस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ। यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको ध्यानाकर्षण समेत गराएका छन्।

यस्तै,भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरूले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App