coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधबार राति सडकबाट  एक सय ५० मिटर जति तल खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए।

बालुवा बोकेर धुन्चेत जाँदै गरेको ट्रकमा सवार सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङ र उनकी ३  वर्षे छोरी  दिव्या गुरुङ घाइते भएका छन्। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। 

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ।वर्षातले बाटो बिग्रिएको र रातिको समयमा जोखिम मोलेर यात्रा गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App