श्रीलंकाले भारत र पाकिस्तानको खेललाई मध्यनजर गर्दै आउँदो टी- २० विश्वकपमा सुरक्षा बढाएको छ।
फ्रेबअरी ७ देखि सुरु हुने पुरुष टी- २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन्। भारत र पाकिस्तान विश्वकपको समूह "ए" मा रहेका छन्। यी दुई टोलीबीच फ्रेबअरी १५ मा श्रीलंको राजधानी कोलम्बोमा खेल हुँदैछ।
भारत र पाकिस्तानको खेलहरुमा विशेष ध्यान दिइरहेको श्रीलंकाका खेलकुद मन्त्री सुनील कुमारा गमागेले बुधबार राति एएफपीलाई बताए।
राजनीतिक शत्रुताका कारण पाकिस्तानले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो जसले गर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीस) ले आफ्ना खेलहरू तटस्थ श्रीलंकामा सार्योको हो।
दुई देशबीच राजनीतिक कारणले गर्दा यी दुई टोलीबिच न्यूटल भेन्यूमा एकअर्कासँग प्रतिस्पर्धा गर्दै आइरहेका छन्।
यो टी- २० विश्वकपमा कूल २० टोलीले सहभागीता जनाउँदै छन्।
प्रकाशित: १५ माघ २०८२ १६:२२ बिहीबार





