१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

जुम्लामा जीप दुर्घटना,मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्र तिर निर्वाचन सामाग्री बोकेर जॉदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।

प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो।

कालिकोटमा जीप दुर्घटनाः ३ जनाको मृत्यु,७ घाइते (अपडेट)

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए।

कालिकोटमा जीप दुर्घटनाः एकको मृत्यु, ९ जना घाइते

मुगुबाट सुर्खेतको लागि छुटेको भे१च४४१२ नम्बरको जीप कालिकोटको तिलागुफा नगरपालिकाको खल्गाड मोडमा दुर्घटना भएको हो। उक्त जीपमा १० जना सवार थिए। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

बझाङमा जीप दुर्घटना: ज्यान गुमाउने चारको पहिचान खुल्यो (अपडेट)

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

सल्यान जीप दुर्घटना: मृतक आठै जनाको पहिचान खुल्यो

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप दुर्घटना हुँदा ६ जना घाईते

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।

भारतमा जीप दुर्घटनामा १० नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ।

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ ।

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दैलेखमा जीप दुर्घटनाः एक को मृत्यु ८ जना घाइते

दुर्घटनामा महावु गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले जानकारी दिए।

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन्। दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्