२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

दैलेखमा जीप दुर्घटनामा एकको मृत्यु

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।

बैतडीमा दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

डोल्पाको भेत्तिमा जीप दुर्घटना: नाै जना घाइते, दुईको अवस्था गम्भीर

सदरमुकाम दुनैबाट त्रिपुासुन्दरी नगरपालिका ३ सुँपानीतर्फ आउदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना यात्रु घाइते भएका छन्।

कास्की र स्याङजामा जीप दुर्घटना, ११ को मृत्यु (अपडेट)

कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।

घान्द्रुकमा जीप दुर्घटना, आठ जनाको मृत्यु

पोखराबाट पर्यटकीय गाँउ घान्द्रुक हिडेको जीप घान्द्रुकको कालाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको निधन भएको छ।

कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल कालिकोट ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु

राष्टकोटबाट लालीघाट आउँदै गरेको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

म्याग्दीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ घाईते

अबिरल बर्षासँगै हिलाम्मे सडकबाट चिप्लिदाँ जिपमा सवार ६ जना घाइते भएका छन्। बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि कुहुँ पुर्णगाउँ जाने क्रममा मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो।

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

उदयपुरको पहाडी सडकमा शनिबार राति बोलेरो जीप दुर्घटना पर्दा एक यात्रुको मृत्यु भएको छ ।

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो। जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन्।

बागलुङमा जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्वार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्