३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु

कालिकोटको राष्टकोट नगरपालिकामा मंगलबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। 

राष्टकोटबाट लालीघाट आउँदै गरेको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

डिएसपी शाहका अनुसार जीप अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । महिलाको च्यापिएर मृत्यु भएको उनले जानकारी दिए । जीपमा १२ जना सवार थिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।  

प्रकाशित: २२ असार २०७८ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App