coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जन्ती जीप दुर्घटना: मृतकको सङ्ख्या तीन पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ।

तनहुँमा जीप दुर्घटना हुँदा, दुइजनाको ज्यान गयो, दश घाइते

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्। तनहुँ प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीमा बुधबार बिहान जीप दुर्घटनामा परेको हो।

जीप दुर्घटनाका मृतक चार जनाको परिचय खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ।

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको घटनास्थलमै ज्यान गयो

पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मुगु जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो (अपडेट)

मुगु जिल्लाको सोरु गाउँपालिका–७ को चिप्लेगौडामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

जीप दुर्घटना: थप एकको मृत्यु

जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बाजुराको बूढीनन्दामा जीप दुर्घटना हुँदा सात जना घाइते

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ।जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते

आइतबार बिहान भूमे–९ चुनबाङबाट जिल्ला सदरमुकाम रुकुमकोट आउँदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोलामा दुर्घटना भएको हो।

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्