क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले बोक्ने विभिन्न मोबाइलमा रहेको तीस लाख ४९ हजार ७३६ रुपैयाँ ९३ पैसासहित उनलाई नियन्त्रमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार बंगलादेशको पवना घर भएका मोहम्मद शेहबुल स्लाम काठमाडौंको ठमेलमा बस्दै आएका छन् ।
संकास्पद गतिविधिमा संलग्न भएको आंशकामा गरिएको अनुसन्धानबाट उनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पुष्टि भएपछि ठमेलस्थित छाँया सेन्टर नजिकबाट उनलाई नियन्त्रमा लिइएको हो ।
उनको साथबाट नेपाली नगद ६० हजार रुपैयाँ, एनसेल र एनटीसीका विभिन्न नौ सीम, दुई थान मोबाइल, विभिन्न बैंकका सात एटीएम, विभिन्न बैंकको ३३ थान चेकबुकसहितका सामग्री बरामद भएको भट्टराईले बताए ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २९७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित: १२ चैत्र २०८२ १७:०४ बिहीबार





