८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

उदयपुरको पहाडी सडकमा शनिबार राति बोलेरो जीप दुर्घटना पर्दा एक यात्रुको मृत्यु भएको छ । जिल्लाको कटारीबाट ताप्ली गाउँपालिका ४ ठानागाउँतर्फ जाँदै गरेको बा १८ च १५६७ नं. को बोलेरो ठानागाउँकै पोखरीस्थित ठूलो खोल्सामा दुर्घटना हुँदा सिन्धुली जिल्ला दुधौली नगरपालिका १० का ६० वर्षीय इन्द्रबहादुर बिकको मृत्यु भएको हो ।  

बिकको घट्नास्थलमै मृत्यु भएको हो भने चालकसहित अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार कटारी नगरपालिका १० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली ४ ठानागाउँकै ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र सोही ठाउँका २६ वर्षीय डम्बरबहादुर तामाङ घाईते भएका छन् ।  

श्रेष्ठको टाउको र खुट्टामा चोट लागेको छ भने सार्कीको टाउकोमा चोट लागेको छ । गम्भीर घाईते दुवैलाई स्थानीय र रुपाटार प्रहरी चौकीको टोलीले उद्वार गरी उपचारार्थ कटारी अस्प्ताल पठाएको बताइएको छ । तामाङको अवस्था भने सामान्य रहेको छ । घट्नाबारे विस्तृत बिबरण बुझ्न इलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमाण्डको टोली घट्नास्थल गएको जिल्ला प्रहरीले जनाएको छ ।

कटारीबाट कुटानी पिसानी मिलको सामान लिएर ठानागाउँ जाँदै गरेको बोलेरो ठानागाउँको भित्री कच्ची सडकमा अनियन्त्रित भई पल्टन पुग्दा सडकदेखि ३ सय मिटर तल खसेर उत्तानो परेको अवस्थामा रहेको प्रत्यक्षदर्शी स्थानीय मिलन तामाङले बताएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App