८ वैशाख २०८१ शनिबार
समाज

कालिकोटमा जीप दुर्घटनाः एकको मृत्यु, ९ जना घाइते

कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

मुगुबाट सुर्खेतको लागि छुटेको भे१च४४१२ नम्बरको जीप कालिकोटको तिलागुफा नगरपालिकाको खल्गाड मोडमा दुर्घटना भएको हो। उक्त जीपमा १० जना सवार थिए। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

एक जनाको घटनास्थलमै मृत्यु भएको छ। कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार दुर्घटनामा परी घाइते भएका ९ जनालाई तत्काल एम्बुलेन्सबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाएको बताइएको छ। दुर्घटनाको सबै विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App