coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा जीप दुर्घटना,मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्र तिर निर्वाचन सामाग्री बोकेर जॉदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।  

भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सडकदेखि २० मिटर तल खसेको छ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा,सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने,नेपाल प्रहरीका सई सीताराम दराई,सहायक हवलदार सुरज चन्द,प्रहरी जवान राजेन्द्र बिष्ट र एक जना कार्यालय सहयोगी घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान बिष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी,डिएसपी नरेन्द्र चन्द सहितको टोली अस्पताल पुगेको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App