१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश: अर्थमन्त्री बोहराद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। मन्त्री बोहराले दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन्।

अर्थमन्त्री पौडेलले रुपन्देही पुगेर भने : नेकपा विवादले ओली सरकार ढल्दैन

अर्थमन्त्री एंव नेकपा महासचिव विष्णु पौडेल मंगलबार दिनभर गृहजिल्ला रुपन्देहीमा ब्यस्त रहे। अघिल्लो दिन रुपन्देही ओर्लिएका अर्थमन्त्री विहानदेखि अपरान्हसम्म सडक अनुगमन, आन्तरीक राजस्वको निरीक्षण, विद्यालय भवनको शिलान्यसदेखि पार्क निरीक्षणसम्म भ्याए।

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री

कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक ।

‘लगानी वृद्धि र रोजगारी सिर्जना अहिलेको चुनौती’

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अहिलेको प्रमुख चुनौती लगानी बढाएर रोजगारी सिर्जना गर्ने भएको बताएका छन् ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्।

अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

युवराज खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहनाका कारण पौडेलको सम्भावना उच्च बनेको हो।

कोरोना कहरमा अर्थमन्त्रीको योग्यता

अहिलेको कोभिड कहरमा विगतमा जस्तै गैरअर्थशास्त्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनु मुलुकका निम्ति दुर्भाग्य हुनेछ। अहिले अर्थतन्त्र जानेबुझेको, अनुभव भएको र नेपाली अर्थतन्त्रको पाटापाटामा हस्तक्षेप गर्ने क्षमता भएको अर्थमन्त्री बनाउनुपर्छ।

डा. खतिवडा बिदा भएकामा न रुनु न हाँस्नु : डा. भट्टराई

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फतदुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छेरेरै बिताएको टिप्पणी गरेका हुन् ।

अर्थमन्त्री खतिवडाकाे विदाइ: अपेक्षा धेरै, औषत नतिजा

दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गर्भनर हुँदै अर्थमन्त्री बनेका खतिवडाप्रति राजनीतिक नेतृत्व, निजी क्षेत्र, आम सर्वसाधारणको अपेक्षा पूरा गर्न सकेनन् ।

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन्।

बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोचौं : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताएका छन्।

बैंकको ब्याजदर एकल अंकमा आउँछः मन्त्री खतिवडा

अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन्। नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी आवको साउनदेखी बैंक वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झर्नै दावि गरेका छन्।

एक महिनाभित्र स्प्रेड दर ४ प्रतिशत कायम गछौं : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले चालु आव ०७६/०७७ को असार मसान्तभित्र मुलुकका वाणिज्य बैंकको कर्जा–निक्षेप बीचको वास्तविक ब्याज अन्तर (स्प्रेड दर) चार प्रतिशतमा झर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्