६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. खतिवडा बिदा भएकामा न रुनु न हाँस्नु : डा. भट्टराई

फाइल तस्बिर : डा. बाबुराम भट्टराई र डा. युवराज खतिवडा

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले भर्खरै अर्थमन्त्री पदबाट बिदा लिएका डा. युवराज खतिवडाले अर्थतन्त्रलाई गुणात्मक फड्को दिने अवसर हुँदाहुँदै पनि काम नगरेको आरोप लगाएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फत दुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छरेरै बिताएको टिप्पणी गरेका हुन् ।

‘डा. खतिवडाको बिदाइमा आँसु चुहाउने ठाउँ छैन । २/३ (दुईतिहाइ) निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘विज्ञका रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफास्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन । न रुनु न हाँस्नु !

प्रकाशित: २० भाद्र २०७७ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App