८ वैशाख २०८१ शनिबार

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति गठन गरेको छैन।

ललिता निवासमा कानुनले दोषी ठहर गरे कारबाही भोग्न तयार छु: भट्टराई

ललिता निवास जग्गा प्रकरणको प्रसङ्गमा डा भट्टराईले कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताए।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन सकेनन्: डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताएका छन्।

गठबन्धनका सही र सक्षम नेतालाई काठमाडौँका जनताले विजयी गराउनुहुन्छ: भट्टराई

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।

बाबुराममाथि गोर्खाली जनताको उस्तै माया, उस्तै भरोसा !

पुरानो पार्टीलाई बिर्सेर गोरखाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयले बाबुरामलाई विश्वास र समृद्धिको बाहकको रुपमा पनि हेरेका थिए।

जसपा एक हप्ताभित्र सरकारमा सहभागी हुन्छ : बाबुराम भट्टराई

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर–महतोलाई खानेबेलामा अभागीलाई रिस उठेजस्तै भएको व्यंग्य गरे।

चिनियाँ टोली र बाबुराम भट्टराईबीच भेट

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो नेतृत्वको टोलीले भेटेको छ।

संसद विघटन सिफारिसको प्रतिवाद गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद विघटनको सिफारिसको प्रतिवाद गर्नु पर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम संविधानको मर्म विपरीत भएको बताएका छन्।

डा. बाबुराम भट्टराई भन्छन् : ती भुक्ने कुकुरहरूको भलो होस् !

आफ्नाविरुद्ध गलत हल्ला फैलाउनेलाई उनले विन्सटन चर्चिलको शब्दमा जवाफ दिएका हुन्।

डा. बाबुराम भट्टराईकाे जाेडीलाई नै कोरोना संक्रमण

शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले आफ्नी पत्नी र आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

बुढीगण्डकीको तरंग, नेकपाले भन्यो: क्षमा माग्नुस्, बाबुरामले भने, 'अनियमितता छानविन गरौं'

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।

डा. केसीसँग तुरुन्त वार्ता गर : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्