७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

एमसीसी चीन घेर्ने नीतिः नेमकिपा

संयुक्त राष्ट्रसंघ अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर भएको विज्ञप्तिमा उल्लेख छ। ‘चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको पनि पार्टीले बताएको छ। त्यो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसंघको २५७८ घोषणा विपरीत रहेको पनि जनाएको छ।

गृहको सर्वेक्षण: एमाले–माओवादीलाई प्रत्यक्षतर्फ १४५ सिट !

एक्लाएक्लै निर्वाचनमा गए कांग्रेसले ७७, एमालेले ७०, माओवादीले ८, जसपाले ४, लोसपाले २, नेमकिपा र नेकपा एसले १/१ सिट जित्ने गृहको आकलन

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्छः सांसद सुवाल

कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए। उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए। सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

'१३ वर्षीया बालिका बलात्कार प्रकरणको मुद्दा कमजोर बनाउन वकिललाई दबाब'

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भक्तपुरमा डा. सुवाल वडाध्यक्षमा विजयी

डा. सुवालको वडामा उनी मात्रै नभई उनको समूहका सबै विजयी भएको हो। उनको टिमले अत्याधिक बहुमतले विजयी हासिल गर्न सफल भएको हो।

भक्तपुरमा बालेनसँंग विजुक्छेको भेट

नेपाल मजदुर किसान पार्टी र उसले जित्दै आएको भक्तपुर नगरपालिकाको कामप्रति प्रभावित काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाह बिहान भक्तपुर नगरपालिका वडा नं २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालयमा पुगेका हुन्।

भक्तपुरमा नेमकिपा र कांग्रेसले दुईदुई वटा खाता खोल्यो

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ।

विजुक्छेले गरे भक्तपुरबाट मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरबाट मतदान गरेका छन्। उनले भक्तपुर नगरपालिका वडा नं ५ साकोठास्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट शुक्रबार बिहान मतदान गरेका हुन्।

चुनावमा नेताको होइन, नीतिको आलोचना गर्नुहोस्ः विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले चुनावको मुखमा नेताको नभइ नीतिको आलोचना गर्ने आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

भक्तपुरमा नयाँ पर्यटक सूचना तथा सेवा केन्द्र स्थापना

हाल नगरपालिकाका सूचना केन्द्र खौमामा छ। साथसाथै अहिले दतात्रयमा पनि केन्द्र सञ्चालनमा ल्याइसकेको छ तर उद्घाटन हुन भने बाँकी छ। यस हिसावले सञ्चालनमा ल्याइएको नयाँं सूचना केन्द्र सञ्चालनको हिसावले तेस्रो हो भने उदघाटनका हिसावले दोस्रो हो।

राजनीतिलाई पैसा कमाउने थलो बनाइयोः विजक्छें

भक्तपुर नगरपालिका-१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उनले शासक दलका नेतामा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको दावी गरे। अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताए।

प्रचण्डको डरका कारण एमसिसी पासः विजुक्छें

जनताको इच्छाविपरीत संसद्ले राति बहुमतले एमसिसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए।

नेमकिपाद्वारा भारतले लिपुलेकसम्मको सडक विस्तार जारी राख्ने अभिव्यक्तिको विरोध

भारतले नेपालको ७१ भन्दा बढी ठाउमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको छ र भारत अतिक्रमित नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय दबुमा आवाज उठाउन आवश्यक भएको पार्टीको धारणा छ।

नेता र जनताको एउटै स्वर: एमसिसी सम्झौता खारेज गर

जुलसमा सहभागीहरुले ‘एमसिसी सम्झौताः खारेज गर, एमसिसीका मतियार-होसियार, एमसिसी पास गर्ने सरकार र सांसद - खबरदार’ लगायतका नारा लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्