८ वैशाख २०८१ शनिबार
राजनीति

भक्तपुरमा नेमकिपा र कांग्रेसले दुईदुई वटा खाता खोल्यो

नेमकिपाबाट भनपा १ मा विजयीहरूको प्यानल तस्वीर:

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ।

भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो। वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएको हो। यी दुवै उम्मेदवार पार्टीका दोहोरिएका उम्मेदवार हुन्। यसअघिको स्थानीय निकायको निर्वाचनमा पनि उनीहरू नै वडा अध्यक्ष रहेका थिए।

उता नेपाली कांग्रेसले पनि दुईवटा वडा जितेको छ। मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो। वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन्। त्यहाँं एकजना वडा सदस्य भने एमालेबाट विजयी भएका छन्। यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App