१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज (शुक्रबार) दिउँंसो गरिने भएको छ।

पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघको संयुक्त आयोजनामा शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा भेला हुन सूचना जारी गरिएको छ।

स्वर्गीय शोभा प्रधान महिला संघका केन्द्रीय कोषाध्यक्ष र शिक्षक संघका केन्द्रीय सदस्य हुन्। निर्धारित कार्यक्रमअनुसार दूधपाटीमा शिक्षक संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिनेछ। उक्त समयमा पार्टीको तर्फबाट पार्टी सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झण्डा ओढाउने कार्यक्रम तय गरिएको छ।

त्यसपछि अन्त्येष्टिका लागि भक्तपुर नगर परिक्रमा गरी हनुमाघटमा अन्त्येष्टि गरिने छ। शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेर पुनः महिला संघको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिने छ। रूट व्यवस्थापनको लागि युवा–विद्यार्थीको स्वयम्सेवकहरूको व्यवस्था गरिएको जनाइएको छ।

२३ वर्ष अघि स्तन क्यान्सर भइ पूर्णरूपमा निको भएकी स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन्। नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उनको असार ८ गते दिनको ३ः४५ बजे निधन भएको थियो।

प्रकाशित: १० असार २०७९ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App