बलिउडकी अत्यन्तै लोकप्रिय गायिका मध्ये एक अलका याग्निकलाई पद्म भूषण सम्मान प्रदान गरिएको छ। मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपति मुर्मूद्धारा पद्म अवॉर्ड्स २०२६ सम्मान वितरण गरिएको हो। उनले पद्म भूषण जस्तो प्रतिष्ठित सम्मान सम्मान प्राप्त गरेपछि भावुक हुँदै आफ्ना शुभेच्छुक र प्रशंसकहरूप्रति आभार व्यक्त गरेकी छन्।
चार दशकदेखि आफ्नो स्वरले प्रशंसा बटुलेकी अल्का हाल स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर चचर्ममा छिन्। सामाजिक सञ्जालमा उनले लेखीन्, पछिल्ला दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण आफू सार्वजनिक रूपमा कम देखिएको र आफ्नो अवस्थाबारे धेरै जानकारी साझा नगरेको बताइन्। पद्म भूषण ग्रहण समारोहमा हिँडडुल गर्न सहयोग लिनुपरेपछि धेरै मानिसहरू उनको स्वास्थ्यप्रति चिन्तित भएका थिए।
यसमा अलकाले प्रतिक्रिया दिइन्, कि कठिन समयमा प्रशंसकहरूको माया, शुभकामना, सन्देश र प्रार्थनाले उनलाई निरन्तर हौसला दिएको छ। उनले यो सम्मान आफ्नो मात्र नभई आफ्नो आवाजलाई माया गर्ने सम्पूर्ण श्रोता र समर्थकहरूको पनि भएको बताइन्।
आफू बिस्तारै स्वास्थ्य सुधारको दिशामा अघि बढिरहेको र जीवनको नयाँ यात्रा सम्हाल्ने प्रयास गरिरहेको उनले उल्लेख गरेकी छन्।
हाल उनले आफ्नो स्वास्थ्य समस्याको विस्तृत विवरण सार्वजनिक गरेकी छैनन्, तर आफू क्रमशः सुधारको बाटोमा रहेको जानकारी दिएकी छन्।
मुर्मूद्धारा उनीहरूलाई भारतीय सिनेमा र संगीत क्षेत्रमा पुर्याएको अमूल्य योगदानका लागि यस गौरवशाली पुरस्कारद्वारा सम्मानित गरिएको हो। यो ६५औँ पद्म पुरस्कार समारोह थियो, जहाँ कला, संस्कृति तथा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याएका धेरै प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित: १० असार २०८३ ११:३९ बुधबार





