४ पुस २०८१ बिहीबार
image/svg+xml

एक वर्षमा ७२८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा

मुलुकका विभिन्न भागमा उत्पादित बिजुलीमध्ये गत आर्थिक वर्षमा ७ सय २८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

चलचित्र ‘बिजुली’ को औपचारिक घोषणा

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ।

आजदेखि काठमाडौँमा साझाका बिजुली बस सञ्चालन

आजदेखि तीन वटा बिजुली बसले काठमाडौँमा सेवा थालेका छन्। साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले आज बिहान औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।

सर्वोच्चको फैसलापछि वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

विकास निर्माणको काममा अवरोध गर्ने प्रवृत्ति पछिल्ला दिनमा मौलाएको छ। आयोजनाको क्षमताभन्दा पनि बढी माग गर्ने प्रवृत्ति बढ्दै जाँदा विकासकर्तालाई पनि समस्या परेको छ।

अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती

धादिङका अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन। छिनमै विजुली बल्छ छिनमै काटिन्छ। दिनको आधा समय त उपभोक्ताले विजुली प्रयोग गर्न पाएका छैनन्।

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो।

वैकल्पिकसहित ९४ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ।

अघोषित लोडसेडिङको आपत

अहिले प्राधिकरणको भित्री रणनीति लोडसेडिङ सुरु भएको देखाउन नचाहने र भारतीय बजारबाट किनेको महँगो बिजुली सस्तोमा उद्योगलाई नदिने हो। यही कारण अघोषित लोडसेडिङ भइरहेको छ।

हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र

जिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ।

कर्णालीका भौतिक मन्त्रीको गाउँ नै बिजुली विहीन

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ।

‘प्रसारण लाइनकै लागि भए पनि एमसिसी चाहिन्छ’

एमसिसीमार्फत बन्ने प्रसारण लाइनले नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने ढोका खोल्ने काम गर्छ। त्यसैले पनि एमसिसी पास गर्नुको विकल्प छैन। अहिले नेपालका निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माणमा ३० प्रतिशत स्वपुँजी र बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत ऋण लगानी गरेका पनि यो परियोजना आवश्यक छ ।

बिजुलीको खम्बा सार्दा घुस मागेपछि...

सवस्टेशन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो।

झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कायमै

‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्