१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र ‘बिजुली’ को औपचारिक घोषणा

तस्बिर/राज मल्ल

चलचित्र ‘बिजुली’ निर्माणको औपचारिक घोषणा गरिएको छ। काठमाडौँमा एक कार्यक्रममार्फत् चलचित्रको फर्स्ट लुक सार्वजनिकसँगै चलचित्र निर्माणको घोषणा गरिएको हो।

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी छ।

क्रियटीभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन मेनेजर नेत्र विष्ट रहेका छन्।

चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो, निर्देशकले भने। हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो।'

चलचित्रको कथा अनुसार आफूले आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए। यस चलचित्रमा आफूले अहिलेसम्म गरी रहेको काम, आफ्नो लुक्स तथा रोलमा निकै भिन्नता दर्शकले पाउने भुसालले बताए। अभिनेत्री बेनिषा हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली चलचित्र क्षेत्रमा केही गरौँ भनेर लागेको टिमसँग काम गर्न पाउँदा आफूलाई एकदम खुसी लागेको बताइन्।

प्रकाशित: ३१ असार २०७९ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App