८ वैशाख २०८१ शनिबार
अर्थ

आजदेखि काठमाडौँमा साझाका बिजुली बस सञ्चालन

आजदेखि साझा यातायातका बिजुली बसले काठमाडौँमा सेवा थालेका छन्। साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट तीन वटा बसले आज बिहान औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरेका थिए। साझाले पहिलो चरणमा ल्याएका बिजुली बसले नियमित सेवा दिँदै आएका रुटहरुमा सेवा थालेको हो। यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ। अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बसले सेवा थालेका छन्। 

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन्। साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार अब बाँकी ३७ वटा पनि आउनेछन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन्। 

अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ। सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो।

तस्बिरहरू: प्रसन गुरूङ्ग/नागरिक

प्रकाशित: २३ असार २०७९ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App