१५ असार २०८१ शनिबार
image/svg+xml

२ प्रतिशत ब्याज छुट दिन सकिदैनः बैंकर्स संघ

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले सबै क्षेत्रका ऋणीलाई ब्याजमा छुट दिन नसकिने बताएको छ। मंगलबार संसदको अर्थ समितीमा बैंकरहरुले सबै ऋणमा दुई प्रतिशत ब्याज दिन सक्ने अवस्था नरहेको बताएका हुन्।

बिश्रामपुर गाउँपालिकामा भेटिए कोरोना संक्रमित (अपडेट)

वीरगन्जको छपकैयामा भेटिएको संक्रमितको सम्पर्कमा आएका बिश्रामपुर गाउँपालिका-४ बलिरामपुरका एक जना स्थानीयमा कोरोना भाइरस लागेको पुष्टि भएको छ। बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर घर भई वीरगन्जमा व्यवसाय गरेका एक जनामा कोरोना भाइरस लागेको पुष्टि भएको बारा प्रहरीले जनाएको छ।

डडेल्धुरा अस्पतालमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु

लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि मंगलबार ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनायो ।

भारतमा रेल चल्दा कर्णालीलाई चिन्ता

रोजगारीका लागि भारत गएका कर्णालीबासीहरु फर्किने क्रममा रहेकाले पूर्व तयारीमा लाग्न प्रदेश सरकारले स्थानीय तहहरुलाई निर्देशन दिएको छ । भारतले बुधबारदेखि रेल सेवा सञ्चालनमा ल्याएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीहरु फर्कने तयारीमा छन् ।

तिब्बत सरकारले फेरि पठायो ठूलो परिमाणको पीपीईसहितका सामग्री

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।

प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो

प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

जसले लकडाउनमा दुई छाक पाए

देशव्यापी लकडाउन भएपछि सर्वसाधारणको खाने–बस्ने बन्दोबस्त गर्न सरकारलाई सुरुदेखि निकै धौधौ भयो । र, अहिले पनि अवस्था झन्डै उस्तै छ । तर, फरक अवधारणा, चुस्त व्यवस्थापन र तत्परता हुने हो भने जस्तोसुकै कठिन बेलामा पनि विपन्नको हातमुख जोर्ने मेलो मिलाउन जटिल छैन भन्ने उदाहरण यहाँका केही ‘मनकारी’ युवाले देखाएका छन् ।

थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ९१ पुग्यो

थप ५७ जनामा कारोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

र्‍यापीड डाइग्नोस्टिक टेष्ट : एक व्यक्तिका दुई थरी रिपोर्ट (अपडेट)

खोटाङको साकेला गाउँपालिकाका–२ रतन्छाका दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) पोजिटिभ देखियो । गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुबईबाट फागुन ११ गते काठमाडौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठमाडौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो ।

रिपोर्ट नआउँदै घर पठाइएका युवकको रिपोर्ट पोजेटिभ (अपडेट)

प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका एक युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकलाई आइतबार घर पठाइएको खुलेको छ ।

भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पार्न स्थानीय तहलाई ७ दिनको समय (अपडेट)

अब ताप्लेजुङका स्थानीय तहले आ–आफ्ना पालिकाभित्रबाट रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुको अभिलेख तयार गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमण : उच्च जोखिम उपत्यका

सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ।

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६०

कोरोना भाइरस (कोभिड १९) बाट वेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६० पुगेको छ। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार सोमवार विहानसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना संक्रमणले निधन भएको छ।

प्रदेश २ मा कोरोना संक्रमित ३२ पुग्यो, राजबिराज अस्पतालमै भर्ना गर्ने तयारी

सप्तरीमा एक जना १८ वर्षीय युवा कोरोना भाइरस संक्रमित भेटिएसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ। डाक्नेश्वरी गाउँपालिका ३ का १८ वर्षीय युवाको प्रयोगशाला परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

सप्तरीमा पनि भेटिए कोराना संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्