१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

२ प्रतिशत ब्याज छुट दिन सकिदैनः बैंकर्स संघ

काठमाडौं-वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले सबै क्षेत्रका ऋणीलाई ब्याजमा छुट दिन नसकिने बताएको छ।  मंगलबार संसदको अर्थ समितीमा बैंकरहरुले सबै ऋणमा दुई प्रतिशत ब्याज दिन सक्ने अवस्था नरहेको बताएका हुन्। 

राष्ट्र बैंकले केहीदिनअघि निर्देशन जारी गरी सम्पूर्ण ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिने निर्णय उचित नभएको भन्दै अहिलेको अवस्थामा समस्यामा परेका वास्तविक ऋणीलाई मात्र ब्याज छुट दिन सकिने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहलले बताएका छन्। 

यो पनि पढ्नुहोस्

सरकारले भन्दैमा ब्याजदर घटाउन सकिँदैन : बैंकर्स

‘राष्ट्र बैंकले लकडाउनपछि उद्योग, कारखाना लगायत वन्द भएकाले ऋणीलाई सहुलियत दिन दुई प्रतिशत ब्याज छुट दिन निर्णय गरेको थियो’ उनले भने, ‘ तर, सबै कर्जामा भन्दा पनि कोरोनाका कारण असर पुगेका क्षेत्रको पहिचान गरी वास्तविक ऋणीलाई छुट दिने निती ल्याउन सबैको भलो हुन्छ। ’

लकडाउनका कारण नोक्सान भएका क्षेत्रमा ब्याजमा छुट दिन बैंकहरु तयार भएपनि सबै क्षेत्रका ऋणीलाई छुट दिन नसकिने उनले बताए। 

विश्व बैंकिङ इतिहासमा हालसम्म कुनै पनि मुलुकका केन्द्रिय बैंकले निश्चीत प्रतिशत तोकेर ब्याजमा छुट दिन निर्देशन नदिएकाले नेपालमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जाको ब्याजमा छुट प्रतिशत तोकेर निर्देशन दिन नमिल्ने बताए। 

यो पनि पढ्नुहोस्

ब्याज मिनाहा गर्न सकिँदैन : गर्भनर अधिकारी

राष्ट्र बैंकले बैंकहरुसँग ब्याजदर घटाउने विषयमा छलफल नै नगरी जारी गरेको निर्देशन अपरिपक्व भएकाले तत्काल संशोधन हुनुपर्नैमा उनले जोड दिए। 

त्यसैगरी, संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले मुलुकका करिब १४ लाख ऋणीलाई राहत दिन सक्ने अवस्था नरहेको बताए।  

ऋहिलेको अवस्थामा सबै ऋणीलाई २ प्रतिशत ब्याज छुट दिन नसकिने बताउँदै उनले भने, ‘ वास्तविक पिडीतलाइ ब्याजमा सहुलियत दिन बढी प्रभावित क्षेत्रका ऋणीलाई रेड जोन, कम प्रभवित क्षेत्रका ऋणीलाई एल्लो जोन तथा प्रभावित नभएका क्षेत्रका ऋणीलाई ग्रिन जोनमा वर्गीकरण गर्नूपर्छ। ’ 

यसरी क्षेत्रगत रुपमा ऋणीको वर्गिकरण गरी आवश्यकता अुनसार ब्याजमा छुट दिने खालको व्यवस्था आवश्यक रहेको उनले बताए। 

प्रकाशित: ३० वैशाख २०७७ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App