१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बिश्रामपुर गाउँपालिकामा भेटिए कोरोना संक्रमित (अपडेट)

बारा- वीरगन्जको छपकैयामा भेटिएको संक्रमितको सम्पर्कमा आएका बिश्रामपुर गाउँपालिका-४ बलिरामपुरका एक जना स्थानीयमा कोरोना भाइरस लागेको पुष्टि भएको छ। बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर घर भई वीरगन्जमा व्यवसाय गरेका एक जनामा कोरोना भाइरस लागेको पुष्टि भएको बारा प्रहरीले जनाएको छ।

केही दिन पहिला वीरगन्ज महानगरपालिकाको छपकैयामा एकै परिवारको १७ जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि छपकैया वरिपरीका टोलहरुलाई शिल गरेर ती व्यक्तिको पपिन स्वाब संकलन गरि परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

स्वाब परीक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ती व्यक्तिमा पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेपछि बलिरापुर गाउँलाई उच्च सतर्कतामा राखेको पगेनीको भनाई छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका बलिरामपुरका अन्य स्थानीयहरुको पहिचान गर्न कार्य सुरु गरिएको उपरीक्षक पगेनीले बताए।

बिश्रामपुर गाउँपालिका-४ नम्बर वडाका वडा अध्यक्ष मदनप्रसाद यादवले संक्रमित व्यक्ति वीरगन्जको पाइवासर रोडमा रहेका इनर्वा चोकमा एलपिजी ग्यसको बिक्री वितरण गर्दै आएको बताएका छन्।

वीरगन्जमा व्यवसाय गरेर बसे पनि संक्रमितको सम्पर्कम गाउँको अन्य व्यक्तिहरु समेत रहने गरेको अध्यक्ष यादवले बताए।

एक हप्ता पहिला मात्रै जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर र १९ इनर्वामा बस्दै आएका दुई जनामा कोरोना लागेको पुष्टि भएको थियो।

प्रकाशित: ३० वैशाख २०७७ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App