१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयोः सांसद रोकाय

राष्ट्रिय सभामा नेपाली काग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताएका छन।सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सोे कुरा बताएका हुन।उनले बजेट मन्त्रीहरुले आफूखुशी ल्याएको बताए।

सांसद रोकायले बजेटको मूल्य मान्यतामा नै त्रुटी भएको धारणा राखे । उनले मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको उल्लेख गरे । उनले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताए।

राष्ट्रिय सभामा नेपाली काग्रेसका सांसद कृष्णबहादुर रोकायलेबजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जस्पद स्थिति देखिएको बताए। 

प्रकाशित: १७ असार २०८१ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App