१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

सप्तरीमा पनि भेटिए कोराना संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो


काठमाडौं –  सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित: २९ वैशाख २०७७ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App