१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

डडेल्धुरा अस्पतालमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु

 लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि मंगलबार ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनायो ।  

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण अस्पतालमा भिडभाड हुन नदिन ओपिडि सेवा बन्द गरिएको थियो । सामाजिक दुरी कायम गर्दै ओपिडि सेवा लगायत अन्य स्वास्थ्य उपचार सेवा सुचारु गर्दै जाने स्वास्थ्य मन्त्रालयको निर्णयपछि डडेल्धुरा अस्पतालमा पनि ओपिडि सेवा पूर्ण रुपमा सुचारु गरिएको अस्पताल विकास समितीका नव नियुक्त अध्यक्ष करुणाकर ओझाले बताए ।  

सरसफाई र सामाजिक दुरीको उचित व्यवस्थापन गर्दै अस्पतालले ओपिडि सेवा सुचारु गरेको उनले बताए । लकडाउनका समयमा आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य उपचार सेवा आंसिक रुपमा बन्द गरिएका थिए ।  

सामाजिक दुरी कायम गरि स्वास्थ्य उपचार दिनु पर्ने भनिय पनि चुनौती रहेको अस्पतालका मेसु जगदिसचन्द बिष्टले बताए । ओपिडि सञ्चालनमा आएसंगै अस्पतालमा सेवाग्राहीको चाप बढेकाले सामाजिक दुरी कायम गर्न चुनौती भएको उनले बताए ।  

डेढ महिना बढि लकडाउनको समयमा आंसिक रुपमा बन्द रहेका ओपिडि लगायत स्वास्थ्य उपचार सेवा सुचारु गरिदा अस्पतालमा विरामीको चाप बढेको उनले बताए । बिरामी जती उपचारका लागि आत्तिने भएकाले सामाजिक दुरी कायम गरि उपचार गर्न कठिनाई भएको उनको भनाई छ ।  

डडेल्धुरा अस्पतालले पहिलो पटक व्यवस्थापन समिति अध्यक्ष पायो
संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालले पहिलो पटक व्यवस्थापन समिति अध्यक्ष पाएको छ । उपक्षेत्रिय अस्पतालबाट स्तोन्नती भई डडेल्धुरा अस्पतालले बनेको यस अस्पतालले करिब अढाई वर्षपछि विकास समिति अध्यक्ष पाएको हो ।  

गैर सरकारी संस्था मार्फत सरकारी स्वामित्वमा आएको २०७० असार १ गतेबाट उपक्षेत्रिय अस्पतालको नामबाट संचालनमा आएको यो अस्पताल संघीय संरचनापछि संघीय सरकारको मातहतमा रहि विषेश विषेशज्ञ सेवासहितको अस्पतालको दर्जामा राखिएको छ ।  

उप क्षेत्रियपछि डडेल्धुरा अस्पताल बनेको यस अस्पतालमा भखरै मात्र सरकारले अध्यक्षसहित तीन जना सदस्य तोकी विकास समिति गठन गरेको हो । सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सात पहाडी जिल्लाको गन्तब्य डडेल्धुरा अस्पतालमा अहिले पनि दक्ष जनशक्ति नहुदा अस्पतालको अवस्था दयनीय छ । एक सय नौ जनाको दरबन्दी रहेको अस्पतालमा हाल २५ जना मात्रै स्थाई चिकित्सक र स्वास्थ्यकर्मी छन् । २५ जना विषेशज्ञ चिकित्सक हुनु पर्नोम सात जना रहेको अस्पतालका मेसु बिष्टले बताए ।  

संघीय सरकारका पाँच वटा अस्पताल मध्ये एक डडेल्धुरा अस्पताल पनि भएकाले अब स्तारोन्नती संगै स्वास्थ्य उपचार सेवा पनि थपिदै जाने नव नियुक्त विकास समिती अध्यक्ष ओझको भनाई छ । अध्यक्षको स्वागतका लागि अस्पतालले गरेको कार्यक्रममा अध्यक्ष ओझाले अस्पताल, स्वास्थ्य उपचार सेवा सबैको चासोको क्षेत्र भएकाले सुधार हुदै जाने बताए ।  

सुदूरपश्चिममा एक मात्रै अस्पताल संघीय सरकारको मातहतमा रहेकाले अस्पतालको चौतर्फी विकास गरी स्थानीयको सरल, सहज स्वास्थ्य उपचारका लागि आफ्नो प्रयास रहने उनले बताए । स्थानीय स्तरबाट छलफल र समन्वयात्मक ढंगले अस्पतालको विकासका लागि कुनै कसर बाँकी नराखी काम गर्ने उनको भनाई छ ।  

अस्पताललाई सरकारले पहिला संघीय सरकारमा राखेको, विकास समिति अध्यक्ष लगायत पदाधीकारी तोकेको, चिकित्सक पठाउने, उपचारका उपकरण थप्दै जाने कामहरु गरि राखेकाले अस्पतालमा सेवा सुरबिधा थपिदै जाने विश्वास उनले व्यक्त गरे ।  

 

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App