१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

तिब्बत सरकारले फेरि पठायो ठूलो परिमाणको पीपीईसहितका सामग्री

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।  

तिब्बत सरकारले ताप्लेजुङ जिल्लाभरका लागि दिएको पीपीईसहितका सामग्री रिउ बजारसम्म आई पुगेको जानकारी आफूले पाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । नेपाल सरकारको स्वीकृति लिएर ताप्लेजुङका लागि पठाएको सामग्री बुझ्नका लागि तिब्बत सरकारले आग्रह गरेको समेत निरौलाले बताए । निरौलाका अनुसार तिब्बत सरकारले ६ आईटमका स्वास्थ्य सुरक्षाका सामग्री पठाएको जनाएको छ । प्रारम्भिक जानकारी अनुसार १ सय थान थर्मगन, करिव १ लाख १० हजार थान बढी सर्जरी मास्क, १ हजार २ सय थान एन–९५ मास्क, पीपीई र सेनीटाइजरसहितका सामग्री रहेका छन् ।  

अनौपचारिक रुपमा यति परिणामको व्यक्तिगत तथा स्वास्थ्य सुरक्षाका सामग्री भएको जानकारी पाए पनि पत्रमा भने परिमाण उल्लेख छैन । यो सामग्री व्यवस्थापनका लागि तिब्बत सरकार र नेपाली प्रशासनसंग समन्वयको काम गरिरहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ शेर्पालाई उधृत गर्दै प्रजिअ निरौलाले बताए अनुसार मौसम अनुकुल हुँदासाथ ति सामग्री नेपाल–तिब्बत सीमावर्ती क्षेत्र टिपतालासम्म आई पुग्ने छ ।  

त्यहाँबाट आफ्नो गन्तब्यसम्मको ढुवानीसहितको व्यवस्थापन भने नेपाली प्रशासन आफैंले गर्नुपर्ने छ । केहिदिन अघि मात्र तिब्बत सरकारले सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री पठाएको थियो । ति सामग्री पनि हिउँको प्रभाव कायमै रहेको अवस्थामा हिउँ पन्छाउँदै कष्टपूर्ण ढंगले टिपतालासम्म ल्याई पुर्‍याएर नेपाली पक्षलाई जिम्मा दिएपछि तिब्बती अधिकारीहरु फिर्ता भएका छन् । 

प्रकाशित: ३० वैशाख २०७७ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App