चिनियाँ च्याम्पियन क्लब बन्द
चाइनिज सुपर लिग (सिएसएल) च्याम्पियन ज्याङ्सु एफसीले देशको फुटबल क्षेत्रमा देखा परेको आर्थिक समस्या देखाउँदै आइतबार क्लब बन्द गर्ने निर्णय गरेको छ। ज्याङ्सु तीन महिनाअघि मात्र पहिलो पटक सिएसएल च्याम्पियन बनेको थियो।
चाइनिज सुपर लिग (सिएसएल) च्याम्पियन ज्याङ्सु एफसीले देशको फुटबल क्षेत्रमा देखा परेको आर्थिक समस्या देखाउँदै आइतबार क्लब बन्द गर्ने निर्णय गरेको छ। ज्याङ्सु तीन महिनाअघि मात्र पहिलो पटक सिएसएल च्याम्पियन बनेको थियो।
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।
चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म ७२.८ टन खाद्य सामग्री आयात भएको हो। खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार उत्तरी छिमेकी चीनले असहयोग गरेपछि व्यापारीले चीनबाट ल्याउने सामान भारतको बाटो हुँदै ल्याउन थालेका छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरू जुटाउने कसरतमा छन्। रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपामा नेताहरूको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निर्क्यौल निकालेको छ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो नेतृत्वको टोलीले भेटेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विशेष प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
नेपालमा विकसित नयाँ राजनीतिक घटनाक्रमपछि चिनियाँ एक टोली काठमाडौं आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत होउ र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो।
चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।
चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ। मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ।