६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवागढी नाका । तस्बिर : हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म ७२.८ टन खाद्य सामग्री आयात भएको हो। खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।  

तथ्यांक अनुसार पूmल तथा सागपात १३.२ टन, खाद्यान्न दलहन तथा अन्य २९.३ टन, मसलाजन्य ३.४ टन, दुधजन्य ६.३, मासुजन्य ३.४, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री १५.४ टन आयात भएको हो।  

नाकाबाट सामग्री आयात न्यून भएकाले खाद्य सामग्रीको आयात कम भएको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उनले भने ‘नाकामा आयात सहज नहुँदा सामग्री धेरै आएको छैन।’  

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ।  

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ। कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उनले भने, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन्।’

कार्यालयले गएको साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको छ। कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १० र माघ १ गतेदेखि हालसम्म १६ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ।

कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २९ माघ २०७७ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App