३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एकताका लागि चिनियाँ राजदूतको दौडधूप

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् । 

बिहीबार राजदूत यान्छी ओली समूहका नेताहरूलाई भेट्न झण्डाविनाको गाडीमा निस्केकी थिइन् । उनले ओली समूहका उच्च नेताहरूसँग भेटेर पार्टी एकतालाई कायम राख्न आग्रह गरेकी छिन् । बिहीबार दिउँसो उनले गृहमन्त्री एवं ओली समूहका सचिवालय सदस्य रामबहादुर थापासँग भेटघाट गरी पार्टीभित्रको संघर्ष कायम राख्दै एकता गर्न आग्रह गरेकी हुन् । सत्तारुढ दल राजनीतिक रुपमा विभाजन भइसकेको अवस्थामा चिनियाँ राजदूत यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी हुन् । 

चिनियाँ राजदूतले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने गरी समय मिलाउन खोजे पनि प्रधानमन्त्री ओलीसँग भने भेटघाट हुन सकेन । ‘राजदूत यान्छीले ओली समूहका केही प्रभावशाली नेतालाई भेटेको हाम्रो सूचनामा छ,' उच्च सुरक्षा स्रोतले भन्यो। 

प्रकाशित: १४ फाल्गुन २०७७ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App