२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ टोली काठमाडौंमा

नेपालमा विकसित नयाँ राजनीतिक घटनाक्रमपछि चिनियाँ एक टोली काठमाडौं आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा एक टोली काठमाडौं आएको हो। टोलीमा पार्टीका अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसमेत रहेको जनाइएको छ।  

प्रधानमन्त्रीको कदमविरुद्ध दलहरु आन्दोलनमा उत्रिरहेको बेला चिनियाँ उच्च नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आएको हो।

प्रधानमन्त्रीको कदमपछि चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छन्। राष्ट्रपति भण्डारी लगायतका नेताहरुलाई उनले भेटिसकेकी छन्।

चिनियाँ टोलीले यहाँ रहँदा उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश लिएर नेपाल आएको जनाइएको छ।

 

 

प्रकाशित: १२ पुस २०७७ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App