२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माधव नेपाल र चिनियाँ टोलीबीचको भेटवार्ता सकियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विशेष प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। बानेश्वरको एक होटेलमा नेता नेपालसँग सीसीपीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ऐचौ नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो।

भेटवार्ता समसामयिक राजनीतिक घटनक्रममा केन्द्रीत भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो।  

आइतबार काठमाडौं झरेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेको छ।आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टोलीले भेटवार्ता गरिसकेको छ ।  नेपालमा सत्तारूढ दल नेकपा विभाजनमा गइसकेको अवस्थामा भएको चिनियाँ नेताको भेटलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित: १३ पुस २०७७ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App