म्याग्दी–१ मा महावीर पुनको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार म्याग्दी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता हासिल गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार म्याग्दी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता हासिल गरेका छन् ।
शुक्रबार सर्वदलीय बैठक सकिए लगत्तै रोल्पामा दिउँसो १ः३० बजेबाट मतगणना सुरु भएको हो।
क्षेत्र नम्बर २ को मतगणना इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ।
कैलाली निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो प्रारम्भिक नतिजामा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारले अग्रता हासिल गरेका छन्।
धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् ।
मोरङ क्षेत्र नं ३ मा पनि रास्वपाले अग्रता कायम गरेको छ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेले दोब्बर भन्दा बढि मतले अग्रता बनाएका छन्।
नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काकाे निर्वाचन क्षेत्र सुर्खेत-१ काे सुरुवातदेखि नै कांग्रेसले अग्रता लिइरहेकाे छ।
कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) अग्रता जारी राखेका छन्।
डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।
विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताउँछन्।
निरन्तर पाचौ पटक जित्ने दाउमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने जम्मा २६ मत ल्याएका छन्।
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको बेला एमालेले चार वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।