२७ पुस २०८१ शनिबार
image/svg+xml

पहिचानका लागि सडकमा स्तम्भ

तेह्रथुमको लालिगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारबिच रहेको गुराँसको स्तम्भलाई पृष्ठभूमि बनाएर फोटो खिच्नेहरू धेरै हुन्छन्। यो रुट भएर पहिलोपल्ट यात्रा गर्नेहरू फोटो खिच्न हतारिन्छन्।

कलैया बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडक पेटीलाई खाली गराउन शुरु गरेको छ।

११ प्रतिशतले खर्चमा कमी

सरकारले चालु आर्थिक वर्षलाई आर्थिक समृद्धि र विकास निर्माणको रूपमा व्याख्या गरे पनि भौतिक पूर्वाधारको महत्वपूर्ण हिस्सा ओगटेको सडक विभागको प्रगति भने घटेको छ।

कारबाही सुचीमा रहेका ठेकेदारलाई म्याद थपको पुरस्कार

पटक–पटक थपिएको म्यादमा पनि काम पूरा गर्न नसकेपछि गोरखास्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले गोरखा–बारपाक सडकको जिम्मा लिएका ठेकेदारलाई कारबाही प्रक्रिया थाल्यो।

सडककाे ठेक्का सकियो, काम २५ प्रतिशत मात्र

झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ। आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन।

म्याद सकियो, काम ४० प्रतिशत बाँकी

भैरहवा–लुम्बिनी–तौलिहवा सडकको म्याद सकिएपछि आयोजनाले ४ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ।

सडकमा मात्र २० करोड बजेट

बजेट विभेद गरिँदै आएको बाजुरामा पछिल्लो समय राज्यले व्यापक लगानी बढाएको छ। प्रदेश र संघिय सरकारबाट यो वर्ष मात्र जिल्लामा वर्षेनी करोडौं बजेट भित्रिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका योजनाका लागि २० करोड बढी बजेट विनियोजन गरि कार्यान्वयन प्रक्रिया थालेको छ।

कवाडीमा बन्यो बेलिब्रिज, हुम्ला पनि सडक सञ्जालसँग जाेडियाे

सडक सञ्जालसँग नजोडिएको हुम्लामा एक महिना भित्र सवारी साधान पुग्ने निश्चित देखिएको छ। निर्माण जिम्मा लिएको नेपाली सेनाले बाजुरा र हुम्लाको कवाडीमा बेलिब्रिज निर्माणसँग सडक सञ्जालसँग जोडिने निश्चित भएको हो।

बुटवल–नारायणघाट चार लेन सडक सुस्त

तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेर २०२९ सालमा निर्माण सकिएको पूर्व पश्चिम राजमार्गको नारायण–बुटवल सडक खण्ड ५८ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो।

आयोजनाप्रमुख नहुँदा हुलाकी सडक निर्माण सुस्तायो

लामो समयदेखि आयोजनाप्रमुख बिदामा भएकाले हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको छ। हुलाकी सडक आयोजना, बाँकेका प्रमुख युवराज पोखरेल मंसिर २ गतेदेखि पुस अन्तिमसम्म विभागबाटै बिदा स्वीकृत गराई बेपत्ता छन्।

सडक मानवमुक्त बन्दै कर्णाली

खुला आकाशमुनिा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्न, एकसरो कपडा लगाउन र एक छाक खान माग्नुपर्ने अवस्थाको अन्त्य गर्न, संविधानको मर्म र लोककल्याणकारी राज्यको अवधारणा सार्थक पार्न, सभ्य, सुसंस्कृत एवं मानवीय संवेदनासहितको समाज निर्माण गर्न कर्णालीलाई सडक मानवरहित घोषणा गर्न लागिएको हो।

सडक सुरक्षामा ध्यान

काठमाडौंमा मेट्रो रेल सञ्चालन गरी देशलाई समृद्धिको बाटोमा लम्काउन लागिपरेको नेपाल सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका निम्ति पनि तत्काल कदम चाल्न आवश्यक छ।

महुरे–राजापानी सडक गुणस्तरहीन

जिल्लाको महुरे–राजापानी सडक कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ। खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार खण्डमा पर्ने महुरे–राजापानी सडक कालोपत्रे गर्दा गुणस्तरहिन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानीयको गुनासो छ।

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ।

भयानक सडक

सडक दुर्घटना बर्सेनि बढिरहेका छन्। भर्खरै एउटा अध्ययनले यसका विविध कारण आैंल्याएको छ। त्यो अध्ययनले मोटरसाइकल/मोपेड दुर्घटनालाई अग्रपंक्तिमा राखेको छ। सडकपेटीको अभाव यसको अर्को कारण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्