११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रदेश कोरोना संकटमा, मुख्यमन्त्री र मन्त्री काठमाडौं सयरमा

कोरोना संकटले निरन्तर गाँज्दै लगेको प्रदेश १ लाई त्यसबाट जोगाउने उपाय खोज्नुपर्ने बेलामा मुख्यमन्त्रीसहितका मन्त्रीहरु भने काठमाडौं सयरमा छन्। विराटनगरमै रहेर कोरोना नियन्त्रणमा भूमिका गर्नुपर्ने उनीहरु सत्तारुढ नेकपाको विवादको निहुँमा बालुवाटार र खुमलटारको फन्को लगाउन व्यस्त बनेका हुन्।

होम आईसोलेसनमा बसेका संक्रमित भन्छन् : स्वास्थ्यको जानकारी लिन कोही आएनन्

गुलरिया नगरपालिका–५ का ५५ वर्षिय कोरोना संक्रमित संचारकर्मी अघिल्लो शुक्रबारदेखि घरकै आईसोलेसनमा छन्। तर, एक साता बित्दासम्म कुनै स्वास्थ्यकर्मीले स्वास्थ्य अबस्था जानकारी नलिएकोमा उनी दुखी छन्।

वीरगन्जमा बिकराल बन्दै संक्रमण

वीरगन्जमा दुई साताअघि कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन बिकराल बन्दै गएको छ। केही साताअघि यहाँ सक्रिय कोरोना संक्रमितको संख्या शून्य बन्न लागेको थियो। बजार व्यवसाय साविक जस्तै खुलेर लयमा फर्किन कोशिस गरिरहेको थियो।

कोरोना खोप कहिलेसम्म आउला ?

यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोग मानिएको यो रोगको खोप कहिलेसम्म बन्ला भन्ने आम चासो छ भने नेपालजस्तो अति कम विकसित देशमा खोप आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा अर्काेतिर छ । यो सातासम्मको प्रगतिलाई समीक्षा गर्दा खोप निर्माणको तेस्रो तथा अन्तिम चरणमा विश्वका पाँच औषधि उत्पादक कम्पनीहरू पुगेका छन् ।

‘भीडभाडमा जानुभयो कि ?’

लकडाउन खुलेपछि तपाईं भीडभाडमा जानुभयो कि ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको प्रश्न हो यो। सर्वसाधारणको दैनिकी सहज होस् भनेर लकडाउन खुलाइएपछि कोरोनाको जोखिम झनै बढेको उल्लेख गर्दै उनले थप सतर्क रहन आग्रह गरे।

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पर्सामा थप दुई जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एक जनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे ।

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा ६ हजार ३४ जनाको आरडिटि परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण बढेपछि स्याङजामा पाँचजना भन्दा बढी भेला हुन रोक

स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

कोरोना पुष्टिपछि जगदम्बा इन्टरप्राइजेज सिल

वीरगन्ज महानगरपालिका वडा नं ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजमा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगमा सिल गरेको छ ।

संक्रमित घरमै बस्दा छिमेकी त्रासमा

घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तर घरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।

बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका

सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालय बाँकेका कम्प्युटर अपेरटरमा पनि गत आइतबार कोरोना पोजेटिभ देखियो। यी घटनाले उच्च जोखिममा रहेको बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका गरिएको छ।

‘बरु मर्छौं, माग पूरा गराएरै छाड्छौं’

कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।

प्रदेश १: कोरोना विपदमा अकर्मण्य बन्दै सरकार

प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै फैलिएको छ। प्रदेश राजधानी विराटनगरमा दिनहुँ संक्रमितको संख्या बढिरहँदा संक्रमित स्वच्छन्द रूपमा बजार डुलिरहेको समेत भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्