४ मंसिर २०८१ मंगलबार
image/svg+xml

परामर्शमै अर्बौ स्वाहा

३३ अर्ब ४१ करोड रुपैयाँका नौवटा कृषि परियोजनामा १९ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। खर्चमध्ये परामर्श सेवामा दुई अर्ब ७१ करोड ३५ लाख रुपैयाँ देखाइएको छ। पूर्वाधार निर्माणका आयोजनामा पनि परामर्शमा डेढ अर्ब खर्च गरिएको छ। कृषि परियोजनामा कुल लागतको २३.६९ प्रतिशत र सडक परियोजनामा कुल लागतको ३१.०८ प्रतिशतसम्म परामर्श सेवामा खर्चिएको छ।

रोपाइँ सकियो, मल छैन

पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला धान रोपाइँ सकेर रासायनिक मलको खोजीमा छन् । कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन् ।

खोटाङमा ७६ प्रतिशत रोपाँइ

खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा गत आइतबारसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको हो ।

कृषिमा विकास र समृद्धि देखेका पन्त

भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्‍यो । गाउँमै बस्छु, कृषि कर्म गर्छु ।

कृषि कार्यालय जुम्लामा सलह अपडेट सेन्टर

कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। डोल्पा जिल्ला हुदै प्रवेश गरेको सलहको झुण्डले बालीनालीमा नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह किराले कृषि उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा विज्ञसंग छलफल गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

सलहका झुन्ड सुदूरपश्चिममा

प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदी किनार क्षेत्रमा आइपुगेको स्याटलाइटले देखाउँछ ।’ सलह नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए ।

सुर्खेतमा पनि सलह

तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ । मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो ।

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन्।

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।

जैविक कृषि क्रान्ति

रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीव व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्तिमा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीले विशेष योगदान पु-याउन सक्छ।

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो ।

मासिक पाँच लाख कमाउने किसानको सुझाव- हाम्रै माटोमा केही गरौं

चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेंडा उत्पादन हुने गरेको छ, प्रतिकेजी ७० मा बिक्री गर्दै आएको उनको भनाइ छ । त्यस्तै, गोठमा रहेका २४ वटा माहु भैंसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ ।

रुपा गाउँपालिका योजना ‘कृषि वर्ष’ मनाउने

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।

कौसी खेतीकाे लहर

अधिकांशले घरको कौसीमै भए पनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले भने, ‘कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ ।’

अनुदान रकम किसानकै खातामा

झन्झटिलो अनुदान कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्