१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आमाहरू दोहोरो जिम्मेवारीमा

मोर्गान खेलकुदसँगै एक आमाको भूमिका पनि निकै सरल तरिकाले निर्वाह गरिरहेकी छिन् र यसमा उनी सन्तुष्ट देखिइन्। सन् २०१९ मा अमेरिकाले विश्वकप उपाधिको रक्षा गर्दा चार्ली जन्मिएकी समेत थिइनन्। हाल उनी तीन वर्षकी भइसकिन् ।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

मन ठूलो भएकी ‘पियारी आमा’

खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धान खेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दिएँ, मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाऊन।’

बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली

बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।

‘मिस युनिभर्स नेपाल’ मा विवाहित,आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने

‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुवात गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ। यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिइन।

‘मिस युनिभर्स नेपाल’ मा विवाहित,आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने

‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुवात गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ। यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिइन।

पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

पार्कमा नियमित फूल चढाउने आमा

ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान २०४९ असोज १२ मा दुर्घटना हुँदा ज्यान गुमाउनेहरूको सम्झनामा पार्क निर्माण गरिएको थियो। दुर्घटनामा विभिन्न देशका १ सय ६७ व्यक्तिले ज्यान गुमाएका थिए ।

रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ।

मादल बजाउन सिक्दै आमाहरू

पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।”

उधारोमा मौलिक हक, विपन्न बालबालिका पढाउँदै ‘अघोषित आमाहरु !’

नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय पुग्दा पनि दाङका सामाजिक अभियन्ता विमला योगी, कल्पना न्यौपाने, विष्णु गिरीलगायतका महिलालाई बिहानबाट बेलुका अबेरसम्म फोन उठाउन भ्याइनभ्याइ हुन्छ।

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

गणतन्त्रका दिन आमाको उपचारमा हिडेका ती खाली खुट्टा

करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घण्टीको स्विच थिचिरहेका थिए।

असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह

अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्