३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पार्कमा नियमित फूल चढाउने आमा

फरक दृश्य

ललितपुर, भट्टेडाँडामा पाकिस्तान अन्तर्राष्ट्रिय विमान (पिआइए) दुर्घटना हुँदा विभिन्न देशका मृतकलगायत बेलायती २२ वर्षीय युवतीको सम्झनामा बनाइएको ललितपुर लेलेको पिआइए पार्क ८ वर्षदेखि ती बेलायती युवतीकी आमा डब्न स्टेथमले नै संरक्षण गर्दै आएकी छिन्। ती वृद्ध आमा अहिले ९० वर्षको उमेरसँग लड्दै छिन्। अस्पतालको शय्यामा रहेकी उनी आँखा देख्न नसक्नुका साथै विभिन्न रोगले थलिएकी पनि छिन्। स्टेथम बेलायत अस्पतालको बिस्ताराबाट लेलेमा रहेको पिआइए पार्कको चिन्ता गर्दै छिन्।

२०४९ असोज १२ मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ललितपुरको टीकाभैरव तीनपानेस्थित भट्टेडाँडामा दुर्घटना भएको हो। उक्त दुर्घटनामा १ सय ६७ जनाको मृत्यु भएको हुँदा त्यसैको सम्झनामा पाकिस्तान अन्तर्राष्ट्रिय विमान पिके २६८ को समर्पितमा लेले स्मारक उद्यान खोलिएको थियो।

ललितपुर, भट्टेडाँडामा पाकिस्तान अन्तर्राष्ट्रिय विमान (पिआइए) दुर्घटना हुँदा विभिन्न देशका मृतकलगायत बेलायती २२ वर्षीय युवतीको सम्झनामा बनाइएको ललितपुर लेलेको पिआइए पार्क ८ वर्षदेखि ती बेलायती युवतीकी आमा डब्न स्टेथमले नै संरक्षण गर्दै आएकी छिन्।

ललितपुरको गोदावरी नगरपालिका-६ स्थित लेलेमा रहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) मेमोरियल पार्क संरक्षणको अभावमा ओझेलमा परेको छ। सरोकारवालाले व्यवस्थापनमा चासो नदिएपछि पार्क ओझेल परेको हो।

उक्त पार्कमा संरक्षरका लागि २९ वर्षदेखि खटिएका स्थानीय कृष्णकुमार थापा (माली) लाई ८ वर्षदेखि ती बेलायती आमाले नै तलब दिँदै आएकी छिन्। ‘ती आमाकी छोरीको मृत्युभन्दा पहिले श्रीमान्को मृत्यु भइसकेको रहेछ।

उनी छोरीको मृत्युपछि एक्लै छिन्। मृतक छोरीको लास बाकसमा राखी यही पार्कमा गाडिएको छ। छोरीको मृत्युलगतै हरेक वर्ष पिआइए पार्कमा आएर छोरीको शिलालेखलाई फूल, धुपबत्ती बाल्ने तथा श्रद्धाञ्जली दिँदै रुने गर्थिन्। उनी सारै मनकारी थिइन्। पार्क संरक्षणको मध्यनजर गर्दै उनले धेरै सहयोग गरेकी पनि हुन्,’ माली थापाले भने।

‘यो पिआइए पार्कमा केही वर्ष पहिलेसम्म दुर्घटनामा परेका आफ्ना आफन्तको सम्झनामा फूलमाला चढाउन विदेशबाट समेत आउने गरेका थिए। तर, अहिले ती आउने पुस्ता पनि बिते होलान्,’ उनले भने, ‘५/६ वर्ष भइसक्यो, मृतकको सम्झनामा कोही पनि आफन्त आएका छैनन्। पिआइए पार्कलाई घेरिएको काँडेबार सबै भत्किएर गयो। पार्कभित्र छिर्ने मूल ढोका छैन। खानेपानी तथा शौचालय छैन। मेरो जुनी यहीं गयो। बेलायती आमा बाँचुन्जेल आइरहेको तलब अहिले त उहाँको शारीरिक अवस्था पनि दयनीय छ।’

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गोदावरी नगरपालिका लेले, टीकाभैरवमा चारलेनको भाइरल बाटोले सुन्दरताको लहर छाएसँगै उक्त पार्कमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुम्न आउने चाप बढेको छ।

यसै सुन्दर दक्षिण ललितपुर अहिले व्यवस्थित सडकका कारणले लेलेबासीमा खुसी छाएसँगै पिआइए पार्कको नाजुक अवस्था देखेर दुखी पनि रहेका छन्।

  

ती ९० वर्षकी वृद्ध आमा स्टेथमसँग चित्लाङका हीराध्वज रानाभाट बेलायतमा ७ वर्ष काम गर्दैगर्दा भेट भएको थियो। बेलायतबाट स्टेथमले बैंकमार्फत नेपालमा रहेको रानाभाटको खाता नम्बरमा माली थापाको मासिक तलब पठाउँदै आएको रानाभाटको भनाइ छ। ‘पिआइए पार्कमा मालीका रूपमा २९ वर्षदेखि खट्दै आएका थापालाई पाकिस्तान अन्तर्राष्ट्रिय विमानद्वारा तलब आउन छोडेपछि ती वृद्ध आमाले नै पार्कको संरक्षणलगायत सबै हेर्दै आएकी रानाभाटले बताए।

स्टेथमको भनाइलाई उद्धृत गर्दै रानाभाटले भने, ‘मेरी छोरीको सम्झनामा बनेको लेले पिआइए पार्क आजभोलि गर्दा गर्दै जीर्ण अवस्थामा पुगिसक्यो। म पनि अस्पतालको शय्यामा मृत्युलाई कुरिरहेकी छु। कुनै पनि हप्ता तथा महिनामा त्यो पार्कका लागि आउने सहयोग बन्द हुँदै छ। म अस्पतालमा भएको हुँदा मेरो एक्लैको पेन्सनले त्यता पठाउन हम्मेहम्मे भएको छ। यो विषयमा धेरै चिन्तित छु। सायद यही चिन्ताले चाँडै चितामा पुर्‍याउँछ होला। सकिन्छ भने त्यो पार्क संरक्षणका लागि स्थानीय सरोकारवाला तथा वडा कार्यालयतिर हारगुहार माग्नु।’

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गोदावरी नगरपालिका लेले, टीकाभैरवमा चारलेनको भाइरल बाटोले सुन्दरताको लहर छाएसँगै उक्त पार्कमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुम्न आउने चाप बढेको छ।

सरकारले सबै सार्क मुलुकको राजधानीसँग हवाई पहुँच बनाउने अजेन्डामा छलफल गर्ने तयारी गरिरहँदा सन् २०१४ तिर पाकिस्तानी ध्वजाबाहक नेपाल उडान बन्द गरेको थियो। नेपालको बोर्डर भारत र चीनसँग जोडिएको छ। पाकिस्तान पुग्न हवाई पहुँच मात्र एउटा हो।

विमान कम्पनीले पाकिस्तान–काठमाडौं साताको दुई उडान गर्दै आएको थियो। पाकिस्तानले नेपालभन्दा बढी युरोप–अमेरिकाजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने भएकाले नेपाल उडान बन्द गरेको त्रिभुवन विमानस्थल एयरपोर्टका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनीहरू युरोप–अमेरिका घुम्न रुचाउँथे। पाकिस्तानबाट नेपाल आउने मानिसहरू थोरै रहेको हुँदा पनि बन्द भएको हो।

अहिले पिआइए पार्कमा खानेपानी, शौचालय तथा फोहोर व्यवस्थापन छैन। पिआइए पार्कमा केही वर्षअघिदेखि गलत क्रियाकलाप गर्नेको ‘अखडा’ बनेको छ। स्थानीयहरू पछिल्लो समय पार्कमा लागुऔषध सेवन गर्ने तथा गलत क्रियाकलाप गर्नेहरू आउने गरेको बताउँछन्।

पार्कतर्फ जाने सडकबारे सांकेतिक चिह्न पनि राखिएको छैन। ‘मेन सडकबाट करिब तीन सय मिटरभित्र रहेको पार्क भग्नावशेष अवस्थामा अवस्थित छ। लेले टीकाभैरव भाइरल सडकखण्डबाट पार्कसम्म पुग्ने सहायक बाटो एकदमै जटिल कच्ची बाटो रहेको छ।

पहिला पार्कलाई वरिपरिबाट काँडेतार लगाइएसँगै पार्क छिर्नु पहिले मूल ढोका थियो, तर अहिले त्यो सबै भत्किएको छ। पार्कमा छिर्ने समय बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म थियो तर अहिले पार्कमा छिर्ने अनिश्चित समय छ,’ यसको व्यवस्थापनमा चिन्तित रहेको स्थानीयले भने।

‘पहिले मानिसहरू शोधखोज गर्दै यहाँ घुम्न आउने गर्थे, तर अहिले लेले टीकाभैरव चारलेनको भाइरल सडक बनेपछि दैनिक ५० जनाको हाराहारीमा घुम्ने आन्तरिक पर्यटन आउने गरेका छन्’ स्थानीय सुरथ थापाले भने।

पहिले पार्कमा गलत क्रियाकलाप गर्न आउने बढेका थिए। चारलेनको भाइरल सडकखण्ड आन्तरिक पर्यटक घुम्न आउँदा पार्क पनि घुम्न जाऊँ भन्नेहरूको पनि कमि छैन। ‘पिआइए पार्क क्षेत्र रमणीय भएकाले घुम्न निकै उपयुक्त छ,’ उनी भन्छन्, ‘तर व्यवस्थापन, संरक्षण र प्रचारप्रसार नहुँदा ओझेल पर्न थालेको छ।’

विमान कम्पनीले पाकिस्तान–काठमाडौं साताको दुई उडान गर्दै आएको थियो। पाकिस्तानले नेपालभन्दा बढी युरोप–अमेरिकाजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने भएकाले नेपाल उडान बन्द गरेको त्रिभुवन विमानस्थल एयरपोर्टका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

पार्क संरक्षणमा सरकारी निकायले पनि बेवास्ता गरेको थापाको दुखेसो छ। उनी पार्क व्यवस्थापन अस्तव्यस्त रहेको बताउँछन्। पार्कमा खानेपानीको व्यवस्था नहुँदा यहाँ आउनेहरू समस्यामा पर्ने गरेको उनी सुनाउँछन्। पार्कमा अहिले पनि दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्त आएर धुपबत्ती बाल्ने तथा श्रद्धाञ्जली दिने गरेका छन्। पिआइए पार्कमा विभिन्न मुलुकसहित मृतकको नाम कुँदिएको शिलालेखको अक्षर मेटिँदै गएको छ।  

पहिले पाकिस्तानी दूतावासमार्फत तलब सुविधा पाउने ३ जना थिए भने पछिल्लो समय पार्कको सुरक्षागार्ड एक जना मात्रै रहेको बताउँछन्। ९ वर्ष पहिले नै पाकिस्तान एयरलाइन्सले पार्कको सुरक्षा तथा व्यवस्थापनमा सहयोग रोकेको स्थानीय थापा बताउँछन्।

त्यसयता ती बेलायती आमा स्टेथमले तलब सुविधाबापतको रकम दिएको सुरक्षागार्ड थापाले बताए। ‘स्थानीयका अनुसार तीनै वृद्ध आमाले पार्कमा जस्ता र गमला राखेकी थिइन्। पार्क निर्माणपछि जीवनस्तरमा सुधार हुने अपेक्षा गरिए पनि केही फाइदा नभएको स्थानीय बताउँछन्। ‘पार्क बन्दा फाइदा होला भन्ने सोचेका थियौं। तर, यसबाट केही फाइदा भएन,’ स्थानीयले भने।

पार्क संरक्षणमा वडा कार्यालयले पनि खासै चासो नदिएको सुरक्षा गार्ड थापा बताउँछन्। पार्कको व्यवस्थापन गर्न पाकिस्तान एम्बेसीमार्फत एयरलाइन्सलाई इमेल गरिए पनि रेस्पोन्स नआएको उनले बताए।

यसबारे अब वडा कार्यालयका अध्यक्ष विष्णुमान महर्जनको पहिलो प्राथमिकता पिआइए पार्कलाई दिने बताए। उनले पहिलो सुधार बाटोघाटोलाई दिँदै आएकाले पिआइए पार्कलाई ध्यान दिन नपाएको उनको भनाइ छ। ‘लेले, टीकाभैरव सडकखण्डको काम करिब करिब सकियो। अब भने पिआइए पार्क प्राथमिकतामा नै परेको छ,’ अध्यक्ष महर्जनले भने।

दुर्घटनाको केही समयपछि पाकिस्तान एयरवेजले मृतकको सम्झनामा पार्क बनाएको थियो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये नेपाली सबैले आफ्ना मृतक परिवारजनको श्रद्धामा काजकिरिया गरे भने विदेशी ९५ जनाको शव बाकसमा राखेर पार्कभित्र नै गाडियो।

उक्त दुर्घटनामा ज्यान गुमाउने ३६ जनामध्ये सबैभन्दा धेरै नेपालबाट रहेका छन्। त्यस्तै ३४ जना बेलायतबाट, ३० स्पेनिस, १९ जना पिआइए क्य्रु, १२ डच, १० पाकिस्तानी, १० इटालियन, ५ अमेरिकी, २ स्विस, २ क्यानेडियन, २ फ्रेन्च, २ बंलादेशी रहेका छन् भने एक एक जना भारतीय, जापानी र न्युजल्यान्डका रहेका छन्।

पार्क संरक्षणमा वडा कार्यालयले पनि खासै चासो नदिएको सुरक्षा गार्ड थापा बताउँछन्। पार्कको व्यवस्थापन गर्न पाकिस्तान एम्बेसीमार्फत एयरलाइन्सलाई इमेल गरिए पनि रेस्पोन्स नआएको उनले बताए।

दुर्घटनाको केही समयपछि पाकिस्तान एयरवेजले मृतकको सम्झनामा पार्क बनाएको थियो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये नेपाली सबैले आफ्नो परिवारजनको मृतक शरीर लिएर काजकिरिया गरे भने विदेशी ९५ जनाको शव बाकसमा राखेर पार्कभित्र नै गाडिएको छ। भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा पर्ने विदेशी तथा नेपालीहरू सबैको उक्त पार्कमा शिलालेख बनाइएको छ।  

प्रकाशित: ६ श्रावण २०८० ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App