१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आमाहरू दोहोरो जिम्मेवारीमा

मोर्गान खेलकुदसँगै एक आमाको भूमिका पनि निकै सरल तरिकाले निर्वाह गरिरहेकी छिन् र यसमा उनी सन्तुष्ट देखिइन्। सन् २०१९ मा अमेरिकाले विश्वकप उपाधिको रक्षा गर्दा चार्ली जन्मिएकी समेत थिइनन्। हाल उनी तीन वर्षकी भइसकिन्।

एलेक्स मोर्गान जारी महिला विश्वकपको खेलपछि पत्रकारसँग कुराकानी गरिरहेकी थिइन्। उता उनकी सानी छोरी भने अमेरिकामै सुत्ने तरखरमा थिइन्।

व्यस्त तालिकाबीच मोर्गानको प्रयास थियो आफ्नी छोरीसँग कुरा गर्ने। अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा मोर्गानसहित अस्टे«लियाकी कट्रिना गोरी र जमैकाकी सेना म्याथ्युजले एक आमाले मातृत्वको अनुभवसँगै खेलकलालाई समेत एकसाथ अघि लैजान सकिन्छ भन्ने उदाहरण दिइरहेका छन्।

यसअघि विश्व खेलकुदमा खेलाडीलाई मातृत्वको अनुभवसहित खेलजीवनलाई अघि बढाउन निकै कठिन हुने गर्दथ्यो। तर जारी विश्वकपमा यी महिला खेलाडीले विगतको तुलनामा निकै सम्मान पाइरहेका छन्।

एलेक्स मोर्गान जारी महिला विश्वकपको खेलपछि पत्रकारसँग कुराकानी गरिरहेकी थिइन्। उता उनकी सानी छोरी भने अमेरिकामै सुत्ने तरखरमा थिइन्।

मोर्गानकी छोरी चार्ली हाल अस्ट्रेलिया पुगिसकेकी छिन्। मोर्गान खेलकुदसँगै एक आमाको भूमिका पनि निकै सरल तरिकाले निभाइरहेकी छिन् र यसमा उनी सन्तुष्ट देखिइन्।

सन् २०१९ मा अमेरिकाले विश्वकप उपाधिको रक्षा गर्दा चार्ली जन्मिएकी समेत थिइनन्। हाल उनी तीन वर्षकी भइसकिन्। अमेरिकाका लागि त्यो समग्रमा चौथो विश्वकपको उपाधि थियो। अमेरिका विश्वकप उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा स्विडेन तगारो बनेको छ।

खेलअघि छोरीसँगको भेटबाट राम्रो प्रदर्शन गर्न थप हौसला मिलेको मोर्गान बताउँछिन्। ‘म छोरीको आगमनले खुसी छु। मैले खेलकै कारण अमेरिकामा रहँदा समेत उनलाई धेरै समय दिन सकेको थिइनँ,’ मोर्गानले भनिन्, ‘अहिले उनी यहाँ भएकै कारण मेरो हौसलासमेत बढेको छ ।’ मोर्गानसहित अमेरिकी टोलीमा क्रिस्टल डुन र जुली इर्टजसहित तीन आमा छन्। विश्वकपमा देखिएका अन्य आमाहरू हुन्, जमैकाकी कोन्या प्लुम्बर, फ्रान्सकी आमेल मार्जी, अर्जेन्टिनाकी भियाना कोरिया र जर्मनीकी मोलाइन लियोपोज।

मोर्गानसहित अन्य खेलाडी समेत मातृत्वसँगै खेलजीवनलाई अघि बढाउँदा त्यसले महिला खेलकुदको विकासमा टेवा पुग्नेमा विश्वस्त छन्।

मोर्गानकी छोरी चार्ली हाल अस्ट्रेलिया पुगिसकेकी छिन्। मोर्गान खेलकुदसँगै एक आमाको भूमिका पनि निकै सरल तरिकाले निभाइरहेकी छिन् र यसमा उनी सन्तुष्ट देखिइन्।

अमेरिकाका महिला खेलाडीले पहिलो पटक विश्वकप दौरान आफ्ना सन्तानलाई लैजाने अवसर पाएका हुन्। यसअघि पुरुष खेलाडीले भने हरेक संस्करणमा परिवार लैजाने सुविधा पाउँदै आएका थिए। अमेरिकाले केही समयअघि मात्र महिला र पुरुष खेलाडीको तलबका साथै अन्य सेवा सुविधासमेत बराबरी दिने निर्णय गरेको थियो।

‘महिला खेलाडीले पनि पुरुष खेलाडीसरह तलब तथा अन्य सेवासुविधा पाउनु ठूलो कुरा हो,’ अमेरिकी पुरुष टोलीका गोलकिपर म्याट टर्नरले भने, ‘अन्य टोलीमा यो नियम पहिलाबाटै लागूू भए पनि अमेरिकामा भने पहिलो पटक यो नियम लागू भएको हो। यससँगै हाम्रा महिला खेलाडीको समेत हौसला बढेको छ।’

फ्रान्सकी माजरीकी छोरी मेर्याम मात्र एक वर्षकी भइन्। माजरीले अप्रिलमा बन्द प्रशिक्षणमा मेर्यामलाई समेत सँगै लगेकी थिइन्। उनको सो कदमको फ्रान्सका प्रशिक्षक हार्भे रेनार्डले समेत सम्मान गरेका थिए।

मोर्गानसहित अन्य खेलाडी समेत मातृत्वसँगै खेलजीवनलाई अघि बढाउँदा त्यसले महिला खेलकुदको विकासमा टेवा पुग्नेमा विश्वस्त छन्।

‘एक आमाले आफ्नो सन्तानलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ल्याउनु कुनै गलत कदम होइन,’ रेनार्डले भनेका थिए,‘उनीहरूको उपस्थितिले खेलाडीलाई मानसिक रूपमा समेत बलियो बनाउँछ।’

सन् २०२० मा फिफाले महिला खेलाडीका लागि आमा भैसकेपछि अनिवार्य रूपमा १४ साताको बिदा दिनुपर्ने नियम ल्याएको थियो। जसअनुसार त्यस दौरानको दुई तिहाइ तलबसमेत निरन्तर उपलब्ध गराउनुपर्ने नियम थियो। फिफाको सो निर्णयपछि क्लबहरूसमेत त्यसलाई कार्यान्वयन गर्न बाध्य भएका थिए।

‘एक महिला खेलाडी गर्भवती भएकै कारण उनीहरूले पाउने सेवासुविधाबाट अलग हुनु पर्दैन,’ फिफाको निर्णयमा उल्लेख गरिएको थियो, ‘यसले खेलाडीको रोजगारीसमेत कायम रहेनछ।’

‘एक आमाले आफ्नो सन्तानलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ल्याउनु कुनै गलत कदम होइन। उनीहरूको उपस्थितिले खेलाडीलाई मानसिक रूपमा समेत बलियो बनाउँछ।’

अमेरिकी खेलाडीले विश्वकपदौरान आफ्ना सन्तानलाई सँगै लगे पनि अन्य राष्ट्रका खेलाडीले भने सन्तानलाई घरमै छोडेका छन्। ‘एक आमालाई सन्तानबाट टाढा हुन निकै कठिन हुन्छ,’ अर्जेन्टिनाकी गोलकिपर कोरियाले भनिन्, ‘तर विश्वकप दौरान आफूसँगै छोराछोरीलाई लैजाने वा नलैजान भन्ने व्यक्तिगत निर्णय हो। मेरा सन्तान घरमै बसेर मेरो खेल हेरिरहेका छन् र उनीहरूलाई मेरो खेलप्रति गर्व छ।’  

प्रकाशित: २२ श्रावण २०८० ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App