२१ आश्विन २०८१ सोमबार
image/svg+xml

धनगढीमा पाएनन् शिक्षकले तलब

धनगढी उपमहानगरपालिकाले नगरभित्र कार्यरत निजी शिक्षकलाई वार्षिक रूपमा दिँदै आएको तलब यसपटक भने दिएको छैन।

बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे।

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।

माफियाकै कब्जामा नदीजन्य पदार्थ

मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

धनगढी उपमहानगरपालिका: नगर सभामा कुर्सी फालाफाल

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।

नुहाउने क्रममा युवकको मृत्यु

चितवनमा नुहाउने क्रममा खोलाले एक युवकको मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतलाई आज बिहान खैहरनी नगरपालिका ५ स्थित डुम्रेखोलाले बगाएर मृत्यु भएको हो।

उपमेयरको घर जलमग्न

बिहानैदेखि लगातार परिरहेको वर्षाका कारण जनकपुरको बाटाहरुमा पानी जमेको छ। सामान्य वर्षामा पनि यहाँका घरहरुमा पानी पस्छ। खासगरी पुरानो घर सडक भन्दा तल भैसकेको घरमा पानी पसेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगर सभा स्थगित

आवश्यक गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको शुक्रबारका लागि तय भएको नगरसभा स्थगित भएको छ।

जमिन अतिक्रमणका कारण वर्षेनी डुवान भोग्दै आएका धनगढीवासी खुशी

सुदूरपश्चिमको अस्थायी राजधानी रहेको सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी समान्य वर्षा हुदाँ पनि डुवानमा पर्छ। वर्षातको दुई/तीन महिना वस्ती, बजार जताततै डुवानले धनगढीवासीलाई खपिनसक्नु सास्ती हुने गर्छ।

तिनाउ नदीमा ६५ वर्षीय पुरुषको शव फेला

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्