७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नुहाउने क्रममा युवकको मृत्यु

चितवनमा नुहाउने क्रममा खोलाले एक युवकको मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतलाई आज बिहान खैहरनी नगरपालिका ५ स्थित डुम्रेखोलाले बगाएर मृत्यु भएको हो।

उनी खैरहनीमा रहेकी दिदीलाई भेट्न आएका थिए। ११ वर्षका भान्जासँग खोलामा नुहाउन जाने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनको शव नुहाउन गएको स्थानभन्दा २ सय मिटर तल फेला परेको थियो। अहिले  शव लाई पोष्टपाटमका लागि भरतपुर अस्पतालमा ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २० असार २०७९ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App