१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नदी जन्य पदार्थको ठेक्काको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी हिनामिना गराएको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध २ करोड २० लाख रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्।

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ४ का न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई बिगो १ करोड ६६ लाख, बारा जिल्ला कलैया उपमहानगरपालिका ६ का ओम सप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादलार्ई बिगो एक करोड ३८ लाख ९९ हजार राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको उनले बताए।

जीतपुरसिमरा उपमहानगरपालिकाले आ.व. २०७६/०७७ को लागि बालगंगा खोलाबाट नदी जन्य पदार्थ उत्खन्न गर्न ठेक्का कबोल गर्दा स्कार गरेको रकम मध्ये एक करोड ६६ लाख दाखिला गरेको नदेखिएकोले न्यू पाथिभरा सप्लायर्स, हेटौडा–४ र त्यसका  प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई बिगो एक करोड ६६ लाख कायम गरी विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्त भण्डारीले बताए।

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ को लागि जितपुरसिमरा उपमहानगरपालिकाबाट पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खननको लागि ओम सप्लायर्सलाई ठेक्का दिएकोमा सो सप्लायर्सले उपमहानगरपालिकाका कर्मचारीसँग अवाञ्छित मिलेमतो गरी आर्थिक चलखेलमा राज्यको स्रोत साधनको दोहन गरेपनि कबोल बमोजिमको रकम ओम सप्लायर्स र त्यसका प्रोप्राइटर ओम शंकर प्रसादको एक करोड ३८ लाख बिगो जफत हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको उनले बताए।

विशेष अदालतमा २ करोड २० लाखको भ्रष्टचार मुद्दा दायर गरिएका जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशाासकीय अधिकृत शिवराज सेढाईं अहिले जिल्ला प्रशासन कार्यालय बाराको सहयोग प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका छन्।

प्रकाशित: १० असार २०७९ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App