८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगर सभा स्थगित

आवश्यक गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको शुक्रबारका लागि तय भएको नगरसभा स्थगित भएको छ। नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको हो।

बिहान १० बजेका लागि हेटौंडा-४ स्थित एक पार्टी प्यालेसमा आव्हान गरिएको ११ औं अधिवेसनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भएपनि हस्ताक्षर नगरेर बाहिरै बसेका थिए। स्थगित भएको नगरसभा आइतबारका लागि बोलाइएको छ।

बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए। एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौंडाको पहिलो कार्यपालिका बैठकबाटै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा (एस) की नेतृ मेयर मीनाकुमारी लामालाई असहयोग गर्दै आएको छ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १ ५(२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ। एमालेले नगरसभामा बहुमत रहेको दलसंग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध पनि गरिरहेको छ। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन्।

नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरी पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ। वागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाखको बजेट सार्वजनिकको तयारी गरेको छ।

प्रकाशित: १० असार २०७९ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App