चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा भएको छ। ‘हरिवंशको जुत्ता’ चलचित्रको सफलतापछि सोही टिमले ‘श्रीनिवास’ बनाउन लागेको हो ।
उक्त चलचित्रमा हरिवंश आचार्य र अभिनेता अभिषेक खड्काको मुख्य भूमिका रहने छ। अभिनेता अभिषेकले चलचित्र ‘कुमारी’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका छन्। चलचित्र ‘कुमारी’ भने प्रदर्शनमा आउन बाँकी नै रहँदा खड्काले नयाँ चलचित्रमा अनुबन्धित भएका छन्।
आचार्यले भने मंगलबार सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै आफू अनुबन्धित भएको जानकारी गराएका छन् ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रको निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गर्नेछन् । यसअघि पनि उनीहरुले २०८१ मा चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए।
‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ । चलचित्रमा अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको यो दोस्रो चलचित्र हो। पहिलो चलचित्र ‘हरिवंशको जुत्ता’ ले दर्शक बाट राम्रो प्रतिक्रिया पाए पछि दोस्रो चलचित्र ‘श्रीनिवास’ बन्न भएको हो।
प्रकाशित: २० माघ २०८२ १७:४९ मंगलबार





