coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जसले डेढ करोड खर्चेर मन्दिर बनाए

हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्।

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

इलाम अन्तुमा हेटौंडा उपमहानगरका सवारी चालक मृत फेला

सूर्याेदय नगरपालिका–४, अन्तुभञ्ज्याङको एक होटलमा हेटौंडाबाट आएका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।

बजेट, नीति, कार्यक्रमका लागि क्यूआरमार्फत सुझाव

उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको छ।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

हेटौंडा उपमहानगरद्वारा ७१ कर्मचारीको करार रद्द

उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।

हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ।

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ। संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं।’

डेंगी नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ।

हेटौंडा उपमहानगरद्दारा प्रेस युनियनलाई १० लाख र सारी कोटको पुरानो रकम भुक्तानी गर्ने निर्णय

कार्यपालिकाले हेटौंडामा साउन ६–७ मा सम्पन्न युनियनको ९ औं महाधिवेशनको खर्चवापत् १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

मकवानपुरमा डेङ्गुका बिरामी फेला

डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिएका छन्।

हेटौँडा उपमहानगरका बिरामीलाई निःशुल्क रगत

यसअघि यहाँका बिरामीले आवश्यक रगतको रकम तिर्दै आएका थिए। मकवानपुर जिल्ला रेडक्रस सोसाइटीसँगको सहकार्यमा उपमहानगरले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको हो। बिहीबार उपमहानगरपालिका र रेडक्रसको बीच यस विषयमा सम्झौता भएको छ।

हेटौँडामा पनि सवारी स्टीकर

अब स्टीकर टाँसिएका तीन पांग्रे मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएको छ। २०७६ पुस ७ गते भन्दा अघि हेटौँडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो। ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीन पांग्रे सवारी दर्ता बन्द गरिएको थियो।

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगर सभा स्थगित

आवश्यक गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको शुक्रबारका लागि तय भएको नगरसभा स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्