१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ।

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।

अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट

स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार त्यहा पोष्ट खडा गरिएको हो। अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालय कै भवन भित्र खडा गरिएको हो।

गरिबीले ग्रामीण भेकमा दुःखको भारी

श्रीमानले भारतमा दुःख, आफुले गाउँमै दुःख गर्दा पनि दुःखबाट कहिल्य छुट्करा पाउन नसकेको पिडा मानकुमारीले सुनाइन्।

बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि रानीपोखरी खुला

काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो।

वडाध्यक्ष कपको उपाधि फ्युजन क्लबलाई

बिहीबार सम्पन्न फार्यनल खेलमा त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्युजनले सगरमाथा फुटबल क्लब त्रियुगा नगरपालिका ८ राजाबासीलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

बुटवल उपमहानगरपालिकाले लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ। नाप जाँच हुन बाँकी रहेका पुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको हो।

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।

बारीमा सड्यो तरकारी

टीकापुर नगरपालिका–८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दा गोभी सड्न थालेको छ। करिब आठ कठ्ठा जमिनमा लगाएको बन्दा गोभी किनिदिने कोही छैन।

एकल पुरुषको मुख्य साहरा 'आँखा' दुई वर्षपछि खुल्यो

बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियाे। दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्त्वपूर्ण अङ्ग आँखाको ज्याेती बिस्तारै बन्द हुँदै गए।

भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।

वडाध्यक्ष कप: फ्युजन र सगरमाथा फाईनलमा

अघिल्लो दिन सम्पन्न अन्तिम सेमिफाईनल खेलमा स्वर्णिम क्लब देउरीलाई हराउँदै वडा नं. १० बोक्सेको फ्युजन क्लब फाईनलमा प्रवेश गर्दै सगरमाथासँग उपाधिका लागि स्पर्धा गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्